महेन्द्रनगरको यो नामी स्कुल जहाँ सिभिल इन्जिनियरिङका शतप्रतिशत विद्यार्थी सफल भए !

Test2
04 Oct 2024
शिक्षा

महेन्द्रनगर । कञ्चनपुरको सबैभन्दा पुरानोमध्येको पूर्णा माध्यामिक विद्यालयले डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना खोलेको छ ।

भीमदत्त नगरपालिका–१२ बाँसखेडा–ऐरीस्थित विद्यालयलमा अहिले सिभिल इन्जिनियरिङ डिप्लोमाको चार ब्याचको पढाई चलिरहेको छ । छैठौं समेस्टरसम्ममा यस विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

छैटौं समेष्टरमा विद्यालयका ९० प्रतिशत विद्यार्थी सफल भएका छन् ।

४४ जनाको सिमित सिट रहेको पहिलो समेष्टरमा भर्ना हुन चाहने एसईई उत्तीर्ण विद्यार्थीले साउन १२ गतेसम्म भर्ना फाराम लिइसक्नुपर्नेछ भने सोही दिनको २ बजेभित्र फाराम जम्मा गरिसक्नुपर्नेछ । प्रवेश परीक्षासाउन २४ गते बिहान ८ बजे हुनेछ ।

यस विद्यालयमा सिभिल इन्जिनियरिङबाहेक लेखाशास्त्र, अर्थशास्त्र, व्यावसायिक अध्ययन, कम्प्युटर विज्ञान, स्वास्थ्य तथा शारिरीक, नेपाली, बाल विकास तथा सिकाई, अंग्रेजी, कानुन, पत्रकारिता र राजनीतिशास्त्रको पनि पढाई हुन्छ । ती विषयमा पनि भर्ना खुलेको छ ।

सिभिल इन्जिनिरयरिङ तथा अन्य विषयमा भर्ना हुन चाहने विद्यार्थीले निम्न मोबाइल नम्बरमा सम्पर्क गरेर थप जानकारी लिन सक्ने छन् ।

९८५८७५०१९८, ९८४८७२१००४, ९८४८७४१३३०, ९८४८७२३१४८