कैलाली । कैलालीको धनगढीमा फुलबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको छ ।सुदूरपश्चिम खेलकुद परिषद्, धनगढी उपमहानगरपालिकाको समन्वय र अखिल नेपाल फुटबल संघ (एनफा) को स्वीकृतिमा धनगढीस्थित फूलबारीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने भएको हो ।
कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले धनगढी उपमहानगरपालिका–१४ डिपोबजार क्षेत्रमा प्रशिक्षण केन्द्र निर्माण गरिने बताए । सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न एक करोड ३४ लाख ३३ हजार बजेट विनियोजन गरिएको छ । अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
संघका महासचिव मिश्रले सुरुमा विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार गरिने बताए । धनगढीमा निर्माण हुने फुटबल प्रशिक्षण केन्द्रमा खेलाडीहरुलाई आवससहितको सेवा दिइने छ । संघका महासचिव मिश्रले खाना र बस्नको सुविधासहितको केन्द्र निर्माण हुने बताए ।
कैलालीमा निर्माण गरिने प्रशिक्षण केन्द्रले सुदूरपश्चिम प्रदेशका खेलाडीहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गरिने
